काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामंगलका उपचारको क्रममा उनको बिहान ५ बजे निधन भएको जानकारी उनका भतिजा दुर्गाप्रसाद पौडेलले दिए ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत भएका थिए ।
उनका तीनवटी श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो ।
माहिली लता पौडेल र कान्छी श्रीमती माया पौडेल हुन् ।


प्रतिक्रिया