फागुनपछि पहिलोपटक १३ अर्ब माथिको शेयर कारोबार

फागुनपछि पहिलोपटक १३ अर्ब माथिको शेयर कारोबार

(नेप्से) सूचक २.८० अङ्कले बढेर २,६५८.६६ विन्दुमा पुगेको छ।



काठमाडौं । शेयर बजारमा आज फागुन यता पहिलोपटक कारोबार रकम १३ अर्ब रुपैयाँ नाघेको छ,आजको शेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २.८० अङ्कले बढेर २,६५८.६६ विन्दुमा पुगेको छ।

बजार समग्र रूपमा सकारात्मक देखिए पनि फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य समूहबाहेक अन्य समूहहरूको शेयर मूल्यमा वृद्धि भएको छ। विशेषगरी होटल तथा पर्यटन समूहमा करिब ४.५ प्रतिशतको उल्लेखनीय उकालो देखिएको छ।

कुनै–कुनै कम्पनीको शेयरमा उच्च उतारचढाव देखिएको छ। प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयर करिब ७.५ प्रतिशतले घटेको छ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ। आज ३१८ कम्पनीका करिब ३ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यो कारोबार पछिल्लो साढे दुई महिनायता कै उच्च हो। यसअघि फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको थियो।