ज्येष्ठ नागरिकलाई सबै औषधी उपचार नि:शुल्क गरिनुपर्छ : रामहरि खतिवडा

ज्येष्ठ नागरिकलाई सबै औषधी उपचार नि:शुल्क गरिनुपर्छ : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने पनि उनले बताए । विदेशीमुद्रा ५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउ भन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।

विकास निर्माणका आयोजना हेर्दा पहुँच र पदका भरमा व्यवस्थापन भएको जस्तो आफूलाई भान भएको पनि उनले बताए ।