११ सिडिओसहित २१ उपसचिव र सहसचिवको सरुवा

११ सिडिओसहित २१ उपसचिव र सहसचिवको सरुवा



काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित उपसचिव र सहसचिवहरूको सरुवा गरेको छ ।

सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवहरूलाई नियुक्त गरिएको छ । साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ ।

यसैगरी मन्त्रालयको अतिरिक्त(बरन्डा)मा रहेका सहसचिवहरूलाई पनि जिम्मेवारी तोकिएको छ ।