काठमाडौं । रास्वपाको अवरोधलगायत समसामयिक विषयमा छलफल गर्न ओली र देउवा बालुवाटारमा जुट्दा प्रचण्ड भने बैठकमा सहभागी हुन सकेनन्।
तीन प्रमुख दलबीच संयुक्त बैठक हुने अपेक्षा गरिएको थियो, तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेको कारण बैठक दुई नेताबीच मात्रै सीमित भएको हो।
बालुवाटारमा जारी संवादमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राखेको अवरोध, संसद सञ्चालनमा देखिएको गतिरोध, तथा सत्ता–प्रतिपक्षको समन्वयका विषयहरूमा केन्द्रित छलफल भइरहेको जनाइएको छ।
राजनीतिक स्थायित्वका लागि दलहरूबीच संवादलाई निरन्तरता दिने र आवश्यक सहमति खोज्ने प्रयासस्वरूप यो भेटवार्ता गरिएको स्रोतहरूले जनाएका छन्।
हालसालै संसदमा रास्वपाले उठाएका माग र संसदीय प्रक्रियामा देखिएको अवरोधले विधेयक पारित प्रक्रिया प्रभावित भइरहेकाले प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच प्रत्यक्ष संवाद आवश्यक देखिएको हो।
प्रतिक्रिया