बिक्लान नेपाली खेलाडीहरु ? सन्दीपसहित ६ युवा बिग बास लिग ड्राफ्टमा

बिक्लान नेपाली खेलाडीहरु ? सन्दीपसहित ६ युवा बिग बास लिग ड्राफ्टमा



काठमाडौं । नेपाली क्रिकेटका ६ युवा खेलाडीहरूले आगामी अष्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (BBL) २०२५ / २६ को ड्राफ्टमा नाम दर्ता गराएका छन्।

सन्दीप लामिछाने, जो पहिले मेलबर्न स्टार्स र होबार्ट ह्युरिकेन्स बाट खेलिसकेका छन्, यस पटक पनि ड्राफ्टमा आफ्नो नाम दर्ता गराएका छन्। उनका साथमा देव खनाल, विपिन शर्मा ,अर्जुन साउद, आरिफ शेख र शेर मल्ल पनि यस ड्राफ्टमा दर्ता भएका छन्। यी खेलाडीहरूले अन्तर्राष्ट्रिय तथा घरेलु स्तरमा आफ्नो छाप छोड्दै आएका छन् र अब बिग बास लिगमा आफ्नो क्षमता देखाउने लक्ष्य राखेका छन्।

ड्राफ्ट प्रक्रिया आगामी १९ जून २०२५ मा हुनेछ। नेपाली क्रिकेटका लागि यो नयाँ अवसर हो जसले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिन र विश्व क्रिकेटमा पहिचान बनाउन मद्दत गर्नेछ।

यसरी नेपाली क्रिकेटलाई विश्वस्तरमा पुर्‍याउने प्रयास निरन्तर भइरहँदा, यस्ता अवसरहरूले खेलाडीहरू र देशकै मनोबल उच्च बनाइरहेका छ र खेलप्रेमी हरुलाई उत्साहित बनाएको देखिन्छ,