नवलपरासी । गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडक खण्डमा गाडी फसेका छन् ।
सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोर मारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।
हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेको कावासोती प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ । एकतर्फी मात्रै गाडी खुलेका कारण अझै धेरै समय सडक जाम रहने प्रहरीको भनाई छ ।
प्रतिक्रिया