ओखलढुंगामा पहिलो पटक झन्डै दुई अर्ब विकास बजेट

ओखलढुंगामा पहिलो पटक झन्डै दुई अर्ब विकास बजेट



काठमाडौं । इतिहासमै पहिलो पटक ओखलढुंगा जिल्लालाई केन्द्रीय बजेटले आशातीत सम्बोधन गरेको छ । विगतमा सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटमा चित्त बुझाउनुपर्ने ओखलढुंगले आर्थिक वर्ष २०८२-०८३ का लागि झन्डै २ अर्ब रुपैयाँको विकास बजेट पाएको छ ।

प्रतिनिधिसभामा ओखलढुंगा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको एकल पहलमा ओखलढुंगा जिल्लाले पहिलो पटक यति धेरै विकास बजेट प्राप्त गर्न सफल भएको हो । समृद्ध ओखलढुंगा बनाउने अभियानमा लागेका सांसद खतिवडा जिल्लाको विकासका लागि स्रोत जुटाउन अहोरात्र खटिएकाले केन्द्रीय बजेटबाट ऐतिहासिक विकास बजेट प्राप्त गर्न सम्भव भएको हो ।

ओखलढुंगाको विकासमा विनियोजन भएको बजेटमध्ये सबैभन्दा बढी शहरी विकास, भौतिक पूर्वाधार निर्माण, खानेपानी, सिँचाइ, खेलकुद र पर्यटन पूर्वाधारमा रहेका छन् । कुनैबेला पूर्वको कर्णाली भनेर चिनिने ओखलढुंगा अब विकासमा फड्को मार्न तम्तयार छ । पहाडी जिल्ला भएकाले सर्वसाधारणलाई यातायातमा सुविधा दिन सडक निर्माण, स्तरउन्नति तथा सडक कालोपत्रेलाई सांसद खतिवडाले जोड दिएका छन् ।

स्वर्ण सगरमाथा सडक वृहत चक्रपथ (ओखलढुंगा, सोलु र खोटाङ) समेटिएको वृहत आयोजनाका लागि १५ करोड रुपैयाँबाहेक भौतिक पूर्वाधारका लागि ३६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । विशेष गरी साँघुटार–ओखलढुंगा सदरमुकाम–कुइभीर सडक निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यो सडकको टेण्डर खुल्ने प्रक्रियामा गईसकेको छ । बजेटको चारगुणा अर्थात् ६० करोडको टेण्डर खुल्ने प्रक्रियामा गएको सांसद खतिवडाले बताए । त्यसैगरी मोलुङ एक्वायर (हर्कपुर–पात्ले) सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । हिलेपानी–ओखलढुंगा सदरमुकाम हुँदै मुडे–सल्लेरी सडकका लागि ८ करोड रुपैयाँ विनियोजन भएको छ ।

शहरी विकास मन्त्रालयबाट ओखलढुंगाका लागि ४१ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ । सदरमुकामबाट–रुम्जाटारसम्मको बाटो स्तरउन्नतिको लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ भने जिल्ला अस्पताल रुम्जाटारदेखि सदरमुकामको मिलनचोकसम्मको सडकको स्तरउन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै आँपसरा–च्यानम, मुलखर्कबाट जिल्ला सदरमुकाम जोड्ने पक्की सडकका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

ओखलढुंगा जिल्लामा खानेपानी विकासका लागि केन्द्रबाट ८ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ । मानेभञ्ज्याङ, चम्पादेवी र सुनकोशी गाउँ पालिका लगायतका जनताको खानेपानीका आयोजनाको लागि यो रकम विनियोजन भएको छ ।

यसैगरी खेलकुद विकासको पूर्वाधार निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ । सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा निर्माण हुने खेलमैदानका लागि ३ करोड, सोही नगरपालिकाको वडा नं. १२ तथा मानेभञ्ज्याङ, लिखु र खिजिदेम्बामा खेल मैदान निर्माणका लागि बाँकी रकम खर्च हुनेछ ।

यसपटकको केन्द्रीय बजेटले ओखलढुंगामा साना सिँचाइलाई जोड दिइएको छ । सिँचाइका लागि ५ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ । यो बजेटले २७ वटा साना सिँचाइ आयोजना समेटेको सांसद खतिवडाले जानकारी दिएका छन् ।

वन र महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि पनि बजेट विनियोजन भएको छ । वन सुधार आयोजनाका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ । शिक्षा र स्वास्थ्यका लागि पनि केन्द्रबाट विगतमा भन्दा यसपटक बढी रकम विनियोजन भएको छ । त्यसैगरी पर्यटनलाई पनि बजेट विनियोजन भएको छ ।

विकासका लागि राज्यका तिनै तह जिम्मेवार हुने गर्दछन् । केन्द्रले नेतृत्व लिए पनि प्रदेश र स्थानीय सरकार पनि त्यत्तिकै जिम्मेवार हुन्छन् । केन्द्रले नदेखेको तर महत्वपूर्ण विकास कार्यक्रमहरु प्रदेशबाट समेटिने र प्रदेशले पनि नदेखेको स्थानीय तहबाट सम्बोधन हुने सांसद खतिवडाले जानकारी दिए । उनले भने, ‘शिक्षा र स्वास्थ्यको बजेट स्थानीय तहसँग समन्वय गरेर विनियोजन हुने गर्दछ ।’

विधागत विनियोजित बजेट यस्तो छ —

शहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेट
१ ओखलढुंगा–रुम्जाटार सडक स्तरउन्नति ३ करोड
२ सिद्धिचरण न.पा. ११, ३, ४ र ५, जिउँदो सहिद लोकबहादुर मार्ग (जिल्ला अस्पताल रुम्जाटारदेखि–सदरमुकाम मिलनचोकसम्म) सडक स्तरउन्नति ३ करोड
३ खिजिफँलाटे एकिकृत सरकारी भवन निर्माण कार्य १ करोड ८० लाख
४ लिखु–भुसिंगा सडक र कुइभिर–नेचासल्यान–बिहिबारे सडक स्तरउन्नति ३ करोड
५ आँपश्वारा च्यानम मुलखर्कबाट जिल्ला सदरमुकाम जोड्ने पक्की सडक ३ करोड
६ मोलुङ–५, शिवदुती मा.वि. र लिखु–९, जनजीवन मा.वि.लाई ३ करोड
७ मानेभन्ज्याङ गाउँपालिका–८, हिटी–राधवपुर–कोल्टार–भालुखोल–कुम्लिङ सडक निर्माण तथा स्तरउन्नति ७० लाख
८ मोलुङ गाउँपालिका, धेचेन छोलिङ गुम्बा निर्माण सम्पन्न गर्न १२ लाख
९ चम्पादेवी गाउँपालिका, टासी छोलिङ गुम्बा निर्माण सम्पन्न गर्न १२ लाख
१० भुल्केटार मोलुङ खोला झोलुङ्गे पुल निर्माण ५ लाख
११ माम्खा खार्ते खोला झोलुङ्गे पुल निर्माण ५ लाख
१२ सिद्धिचरण न.पा, हुलाक डाँडा–श्रष्टापार्क सिद्धिचरण झोलुङ्गे पुल १ करोड
१३ सुनकोशी गा.पा–६, पारा सडक स्तरउन्नति २५ लाख
१४ सुनकोशी गा.पा–८, अग्राखे–आम्बोटे–डुम्ब्रे सडक स्तरउन्नति ४९ लाख
१५ मोलुङ गा.पा–१, कुन्तादेवी पसलडाँडा–पोखरी हुँदै फलाटे जाने सडक स्तरउन्नति ७० लाख
१६ मोलुङ गा.पा–२, रामपुर घनाबस्ती विकास कार्यक्रम अन्तर्गत पूर्वाधार स्तरउन्नति ४० लाख
१७ मोलुङ गा.पा–२, रामपुरको डुडे झर्ने बरदेखि तर्किनी हुँदै जलजले जाने सडक स्तरउन्नति २५ लाख
१८ मोलुङ गा.पा. वडा नं. १ को धमला गाउँको एकिकृत पूर्वाधार निर्माण ४० लाख
१९ सिद्धिचरण न.पा–११, रामबजार जाल्पा मन्दिर पूर्वाधार निर्माण ४० लाख
२० सिद्धिचरण न.पा.–२, ठुलाछाप चापभन्ज्याङ सालघारीसम्म सडक ४० लाख
२१ सिद्धिचरण न.पा.–११, कमेरे डाडा क्रियापुत्री भवन निर्माण ४० लाख
२२ सिद्धिचरण न.पा.–५, बरडाँडा–डाँडाखर्क–र्याले चुप्लु जाने सडक २५ लाख
२३ सिद्धिचरण न.पा.–३, अँधेरी नारायणस्थान–बरबोटे–अँधेरी बानियाछाप सडक स्तरउन्नति ४० लाख
२४ सिद्धिचरण न.पा.–१०, रामहरि चापाकोट समाजसेवा पार्क तथा भवन निर्माण ७० लाख
२५ सिद्धिचरण न.पा.–११, रामबजार हालको करदाता सेवा कार्यालयदेखि पुरानो चित्रे खोल्सी हुँदै चन्दने खोला ढल तथा सडक सुधार २५ लाख
२६ सिद्धिचरण न.पा.–१०, बेतिनीमा बाँसबारी हल्लारेको पँधेरो वडा कार्यालय सडक–आम्जानी सडक स्तरउन्नति ७० लाख
२७ सिद्धिचरण न.पा.–९, भालुखोप–सिरवानी–खोदम्पा सडक स्तरउन्नति ४० लाख
२८ सिद्धिचरण न.पा.–११, चित्रे डाँडा बहुउदेशीय कभर्डहल निर्माण ७० लाख
२९ मानेभन्ज्याङ गा.पा बहालपुम तिनकन्या पन्चवती मन्दिर हुँदै जागुर डाँडा सडक स्तरउन्नति २५ लाख
३० मानेभन्ज्याङ गा.पा–८ मा सेवा केन्द्र सहितको बहुउदेशीय भवन परिसर पूर्वाधार निर्माण २५ लाख
३१ खिजिदेम्बा गा.पा.–५, खिजीफँलाटे, खिजिदेम्बा गाउँपालिका कार्यालय परिसर पूर्वाधार निर्माण ४० लाख
३२ खिजिदेम्बा गा.पा.–८, भुसिंगा, काँचपु, भुसिंगा काप्ति खोला सडक स्तरउन्नति ४० लाख
३३ ओखलढुंगा क्याम्पसको भौतिक पूर्वाधार निर्माण २५ लाख
३४ चम्पादेवी गा.पा.–४, मा सामुदायिक भवन निर्माण कार्य १ करोड
३५ सघन शहरी विकास कार्यक्रम अन्तर्गत सिद्धिचरण न.पा। मा एकिकृत शहरी पूर्वाधार विकास कार्यक्रम ४ करोड
३६ न्यायिक फैसला बमोजिम निर्माण व्यवसायीलाई पुँजीगत दायित्व भुक्तानी गर्ने कार्य २० लाख
३७ सुरक्षित नागरिक आवास कार्यक्रम: ओखलढुंगा जिल्ला क्षेत्र नं. १ अन्तर्गत चिशंखुगढी गाउँपालिका १७१ वटा स्वीकृत आवास संख्या अनुसार भुक्तानी १२ लाख
३८ जिल्ला हुलाक कार्यालय, ओखलढुंगा कार्यालय भवन निर्माण कार्य ३ करोड
३९ सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भवन निर्माण कार्य ३ करोड
४० ओखलढुंगा जिल्ला खिजी फँलाटेमा एकीकृत सरकारी भवन निर्माण कार्य १ करोड ८० लाख
४१ नापी कार्यालय ओखलढुंगाको कार्यालय भवन निर्माण कार्य ९० लाख

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेट
१ साघुटार ओखलढुङगा कुइविर सडक १५ करोड
२ मोलुङ एक्वायर–हर्कपुर– पात्ले सडक ३ करोड
३ ओखलढुङगा जिल्ला लिखु गा.पा., सिंहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङ सडक कालोपत्रे ३ करोड
४ ओखलढुङगा रुम्जाटार–माम्खा–शेर्ना–खानिभन्ज्याङ–कुइभिर सडक कालोपत्रे ३ करोड
५ हर्कपुर हिलेपानी जयराम सडक स्तरउन्नति १ करोड
६ हिलेपानी–ओखलढुंगा–मुडे सल्लेरी सडक स्तरउन्नति ८ करोड
७ ढाँड, मोलुङ खोला मोटरपुल माधवपुर–सिस्नेरी सडक ५० लाख
८ स्वर्ण सगरमाथा सडक ब्रिहत चक्रपथ ओखलढुंगा सोलु खोटाङ १५ करोड
९ ढुस्के–बिगुटार–राँगादिप–पात्ले सडक स्तरउन्नति ३ करोड

खेलकुद मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेट
१ सिद्धिचरण न.पा.–६, जन्तरखानी खेल मैदान निर्माण ३ करोड
२ सिद्धिचरण न.पा.–१२, खेल मैदान निर्माण ७५ लाख
३ मानेभन्ज्याङ गा.पा.–३, व्वाकुलो खेल मैदान निर्माण ७५ लाख
४ लिखु गाउँपालिकास्तरीय खेल मैदान निर्माण ७५ लाख
५ खिजिदेम्बा, खिजिकाती खेल मैदान निर्माण ७५ लाख

सिंचाइ मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेट
१ मानेभन्ज्याङ १ ध्याप्लु पँखु दोभान पुछार खोला सिंचाइ आयोजना, मोली फस्कु १ करोड
२ मानेभन्ज्याङ ३ फोकुल कुलो सिंचाइ आयोजना १ करोड
३ मानेभन्ज्याङ ६ भडारे खोला सिंचाइ आयोजना १ करोड
४ स्यागु खोला सिँचाइ आयोजना ११ लाख ८९ हजार
५ साल्मे खोला सिँचाइ आयोजना ११ लाख ८९ हजार
६ सानोझुरे सिँचाइ आयोजना ११ लाख ८९ हजार
७ सिमलबोट पान्खु सिँचाइ आयोजना १३ लाख ११ हजार
८ मूलखर्क सिखानी सिँचाइ आयोजना ७ लाख
९ माथिल्लो बारी साहिसी खण्ड खेत सिँचाइ आयोजना १५ लाख ९१ हजार
१० आरुबोटे चनौटे सिँचाइ आयोजना ९ लाख ९१ हजार
११ सुगरा सिँचाइ आयोजना १५ लाख ८५ हजार
१२ चार्खु चक्से कुलो सिँचाइ आयोजना २ लाख ७० हजार
१३ झागर सुर्मा सिँचाइ आयोजना २ लाख ९१ हजार
१४ सिस्नेखोला ठूलोखेत सिँचाइ आयोजना २ लाख ७२ हजार
१५ छाड खोल मुहान चार खण्ड खर्का सिँचाइ आयोजना १३ लाख ८७ हजार
१६ सोलुङ खोला काल पहाड चोरपुलफेदी सिँचाइ आयोजना १५ लाख ६३ हजार
१७ बलौटे खोला मुहान गरी आम्बोटे गाड्ग्रे कुलो सिँचाइ आयोजना ५ लाख ४७ हजार
१८ हवान कुलो सिँचाइ आयोजना ४ लाख ६० हजार
१९ ठूलोखेत मुहान गरी भुसकेटार सिँचाइ आयोजना ४ लाख ३६ हजार
२० सुल्खेत मुहान गरी हालेडे सिँचाइ आयोजना ३ लाख ३ हजार
२१ ठूलोखोला ढाड भागेटार सिँचाइ आयोजना ३ लाख ५९ हजार
२२ ठोटेनेरी सिराटार मिखभञ्ज्याङ सिँचाइ आयोजना १५ लाख ८५ हजार
२३ बाहुन कुलो कार्तिके सिँचाइ आयोजना ११ लाख ८९ हजार
२४ फेदी खोला कोशीवेसी सिँचाइ आयोजना १५ लाख ९१ हजार
२५ नयाँ कुलो सिँचाइ आयोजना ३ लाख ७८ हजार
२६ ऐतेबारे महाबीर दलितवस्ती सिँचाइ आयोजना ५ लाख ५७ हजार
२७ जोरछागा गहते सिंचाइ आयोजना ११ लाख ८९ हजार
२८ गोलि खर्क मसेफु सिंचाइ आयोजना २२ लाख ४६ हजार
२९ सेर्ने खोला मुहानगरी टारी बेसीसम्म जाने कुलो २ लाख ६५ हजार

खानेपानी मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेट
१ सिद्धिचरण खानेपानी आयोजनाका लागि वडा नं. ११ र १२ २५ लाख
२ अधेरी खोला मुहानगरी लुकुवा आरुभञ्ज्याङ तारखण्ड टोड्के खानेपानी योजना, सुनकोशी–०२ र फोचपी खोला र र्यानापुमा छागा मुहान खानेपानी आयोजना, मानेभञ्ज्याङ–४ ३ करोड
३ चिशंखुगढी–नेचा बेतघारी लिफ्टिङ खानेपानी गुणस्तर सुधार आयोजना ७० लाख
४ मानेभन्ज्याङ १, २, ३, ५, ६, ७ र चम्पादेवी १, २ र ३ वडामा खानेपानी आयोजना ३ करोड
५ ठोट्ने खोला छाँगा मुहान गरी भदौरे खानेपानी आयोजना सम्पन्न हुने गरी २० लाख
६ वातावरणीय अध्ययन, सि.न.पा ओलखढुंगा, सल्लेरी, हलेसी लगायतका लागि ७० लाख
७ साब्सुखोला विजयखर्क बसेरी लिफ्ट खानेपानी आयोजना चिशंखुगढी गाउँपालिकाका लागि ३० लाख
८ चिशंखुगढी वृहद खानेपानी आयोजना र सिद्धिचरण न.पा.का लागि २५ लाख