यस वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८ लाख नाघ्ने

यस वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८ लाख नाघ्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८ लाख नाघ्ने देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म ७ लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा ७ लाख ४१ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । जुन सङ्ख्या गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ११ महिनामा ९ हजारले बढी हो ।

गत जेठसम्म प्रतिमहिना औसतमा ६९ हजार १ सय २६ र प्रतिदिन दुई हजार ३०४ जनाले स्वीकृति लिएको देखिएको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या आगामी दिनमा पनि यही अनुसार हुने हो भने वर्षभरिमा ८ लाख ३० हजार नेपाली श्रम स्वीकृति लिएर विदेश पुग्ने देखिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनासम्म वैदेशिक रोजगारीका लागि ७ लाख ६० हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स युएई छ ।

विभागका अनुसार युएईका लागि करिब २ लाख छन् । विभागका अनुसार यो वर्ष असोज बाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५५ हजार नाघेको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषणमार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुयौयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३ दशमलब २ प्रतिशतको बढी हो ।