काठमाडौं । गृह मन्त्रालयले तीन जना सहसचिवको सरूवा गरेको छ । बिहीबार मन्त्रालयले गरेको निर्णयअनुसार तीन जना सहसचिवको सरूवा गरेको हो ।
गृह मन्त्रालयमा रहेका भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा सरूवा गरिएको छ ।
भक्तपुरमा रहेका सिडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँचीमा सिडिओको रूपमा सरूवा गरिएको हो ।
त्यस्तै वेदप्रसाद अर्याललकाई अर्घाखाँचीबाट गृहमन्त्रालय वा अन्तर्गत कार्यालयमा सरूवा गरेको हो ।

प्रतिक्रिया