संसदमा मन्त्रीको खोजी

संसदमा मन्त्रीको खोजी



काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको छलफल गर्ने कार्यसूची थियो । तर, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएको भन्दै सांसदहरूले आपत्ति जनाए ।

छलफल प्रारम्भ भएको, संस्कृति मन्त्री र युवा तथा खेलकुदमन्त्री उपस्थित नभएकाले उपस्थित गराएर मात्र छलफल प्रारम्भ गर्न सांसदहरूले ध्यानाकर्षण गराए ।

त्यस्तै, बोल्नका लागि रोस्ट्रममा पुगेका सांसद अमरेश सिंहले महिला तथा बालबालिकामन्त्री पनि उपस्थित नभएको बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि मन्त्रीको उपस्थितिमामात्र बैठक चलाउन माग गरे । ‘सरकारले संसदलाई यति हेपेको छ बयान गरी साध्य छैन । कार्यसूची आउँछ कार्यसूचीहरू हटाइन्छ । मन्त्रीको उपस्थिति छैन,’ उनले भने । संसदमा भएको आन्दोलन हुदाँ पनि सरकारले ध्यान नदिएको उनले बताए ।