इरानबाट नेपाली नागरिकको उद्धारमा भारतको सहयोग

इरानबाट नेपाली नागरिकको उद्धारमा भारतको सहयोग


ग्लोब नेपाल
297
Shares

काठमाडौं । इरानमा जारी सङ्कटका बिच, भारत सरकारको आग्रहमा, इरानस्थित भारतीय दूतावासले आफ्नो उद्धार अभियानमा नेपाल र श्रीलङ्काका नागरिकहरूलाई पनि समेट्ने निर्णय गरेको छ।

दूतावासले ट्विटरमा सार्वजनिक सूचना जारी गर्दै भनेको छ-
“नेपाल र श्रीलङ्काका सरकारहरूको अनुरोधमा, भारतीय दूतावासको इरानमा जारी उद्धार प्रयास अब ती देशका नागरिकहरूलाई पनि समेट्नेछ।” इरानमा रहेका नेपाली र श्रीलङ्काली नागरिकहरूलाई दूतावासको टेलिग्राम च्यानल वा तलका आपत्कालीन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।

+९८ ९०१०१४४५५७

  • ९८ ९१२८१०९११५
  • ९८ ९१२८१०९१०९
    https://x.com/sidhant/status/1936286631604240396?t=JLVzGfC2k7XqeowACylW5w&s=19

क्षेत्रीय तनावका कारण सुरक्षाका दृष्टिले चासो बढेको बेला, भारतको यो कदम मानवीय सहयोग र दक्षिण एसियाली सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ।

परराष्ट्र मन्त्री डा. आरजु राना देउवाले इरानस्थित नेपाली नागरिकहरूको सुरक्षाको लागि भारतलगायत मित्रराष्ट्रहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उद्धारको तयारी गरिरहेको जानकारी दिएकी थिइन ।

भारतले यसअघि पनि युक्रेनको युद्धमा ‘अपरेसन गङ्गा’ र सुडान सङ्कटमा ‘अपरेसन कावेरी’ जस्ता उद्धार कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

भारतद्वारा गरिएको यो निर्णय क्षेत्रीय एकता, साझा मानवीय जिम्मेवारी र सङ्कटमा परेका नागरिकहरूको सुरक्षाप्रति भारतीय नेतृत्वको प्रतिबद्धता झल्काउने एउटा सकारात्मक कदम हो।