फुटबल जितको खुसीयालीले लियो एकको ज्यान, ५० जना घाइते

फुटबल जितको खुसीयालीले लियो एकको ज्यान, ५० जना घाइते



काठमाडौँ । अल्जेरियाको राजधानी अल्जियर्सस्थित ‘५ जुलाई रंगशाला’ मा फुटबल खेलको समाप्तिपछि भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने झण्डै ५० जना घाइते भएका छन्।

स्थानीय क्लब एमसी अल्जेर ले लगातार दोस्रो वर्ष लिग उपाधि जितेको खुसीयाली मनाउने क्रममा माथिल्लो स्ट्यान्डबाट दर्शकहरू तल खस्दा यो दुखद घटना भएको हो। सुरक्षाका लागि राखिएको बार भत्किएपछि भिड एकाएक तलतिर खसेको पाइएको छ।

घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल पुर्‍याइएको छ ।स्थानीय सञ्चार माध्यमहरूका अनुसार खेलाडी र कर्मचारीहरू पनि अस्पताल पुगेर रक्तदानमा सहभागी भएका छन् ,

खेलको क्रममा रंगशालाभर उत्सवको माहोल थियो। हरियो धुवाँ, पटाका र नाराले स्टेडियम गुञ्जिएको थियो। तर अन्त्यमा भएको दुर्घटनाले सबैलाई स्तब्ध बनायो।

यो घटनापछि लिग उपाधि वितरण कार्यक्रम स्थगित गरिएको छ।
अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बयगलभ ले शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

एमसी अल्जेरले एनसी माग्रा सँग ०:० को बराबरी खेलेर लिग उपाधि दोस्रो पटक जितेको हो।