पाेखरा । देशकै ठूलो महानगर पोखराले आइतबार आठ अर्ब ३५ करोड १२ लाख को बजेट ल्याएको छ । आइतबार सुरु भएको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेश गरेकी हुन् ।
बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख प्राप्त हुने अनुमान छ ।
आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाट चार करोड २८ लाख हुने यसमा उल्लेख छ ।
आइतबारै नगर प्रमुख धनराज आचार्यले नगरसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । महानगरले पोखरा १५ मा रहेको हरियोखर्क अस्पतालमा जलनको उपचार थाल्ने भएको छ ।
नगर प्रमुख आचार्यले भने, “पोखरा १५ को हरियोखर्क अस्पतालमा छुट्टै डेडिकेटेड वर्न युनिट सञ्चालन गरिनेछ ।” महानगरले कार्मचारीलाई एक हप्ते पर्यटन काज दिने नीति लिने भएको छ ।


प्रतिक्रिया