गगन थापाको सरकारप्रति कटाक्ष : लाइनमै देश थला पर्छ

गगन थापाको सरकारप्रति कटाक्ष : लाइनमै देश थला पर्छ



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा सरकारप्रति बढ्दो असन्तुष्टि लामो लाइनमा बस्नुपर्ने बाध्यताबाट उत्पन्न भएको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उनले सरकारका सेवा तथा सुविधाहरू पाउन नागरिकले लामो समय कुर्नुपरेको अवस्था अत्यन्तै निराशाजनक भएको उल्लेख गरे।

उनले भने, “सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्ने बताउँदै उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो ।’