काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने प्रक्रिया शुरु गरेको बताए ।
सोमबार संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।
स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उनले उल्लेख गरे ।
मन्त्री पौडेलले यसको लागि नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको बताए ।
बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन भएको छ ।
नयाँ बजेटमार्फत म स्वास्थ्य मेरो समुदाय स्वस्थका लागि ७३६ स्थानीयतहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्दति मार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीयतहमा विस्तार तथा मानसिक स्वास्थ्य प्रवद्र्बनजस्ता निरोधात्मक कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।
स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकिकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताउनुभयो।बिमित सेवाग्राहीलाई सबै किसिमका सुविधा थैली, सेवा प्रदायक अस्पतालमा स्वास्थ्य बीमाको शोधभर्ना, भुक्तानी बाँकी रहेको बक्यौता तत्काल फरफारक गरिने मन्त्री पौडेलले बताए ।
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सम्पूर्ण पक्षमा सुधार गरिनेछ।बीमासँग सम्बन्धित सम्पूर्ण कानूनी व्यवस्था लागू गरिने समेत मन्त्री पौडेलले बताए ।
प्रतिक्रिया