विशेष अदालतमा पहिलो पटक ६ सदस्यीय इजलास गठन, अवहेलना मुद्दामा सुनुवाई हुने

विशेष अदालतमा पहिलो पटक ६ सदस्यीय इजलास गठन, अवहेलना मुद्दामा सुनुवाई हुने



काठमाडौं । विशेष अदालतमा पहिलोपटक ६ जना न्यायाधीशको संयुक्त इजलास गठन गरिएको छ। अदालतप्रति अवहेलना भएको दाबीपछि यस्तो बृहत्तर इजलास बनाइएको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको नेतृत्वमा न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालासमेत रहने गरी इजलास तयार गरिएको हो।

दृष्टि साप्ताहिक र अन्य अनलाइन माध्यममा आएको एक समाचारबारे विशेष अदालतका छ जना कर्मचारीहरूले आपत्ति जनाउँदै नवराज सापकोटालगायतविरुद्ध अवहेलनाको दाबीसहित प्रतिवेदन दर्ता गराएका थिए। सोही विषयमा छलफल गर्न संयुक्त इजलास बनाइएको हो।

यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइमा अधिकतम तीन न्यायाधीशको इजलास बस्ने गरेको भए पनि, योपटक विषय संवेदनशील भएकाले सबै न्यायाधीशको सहभागितामा इजलास गठन गरिएको बताइएको छ।