चितवन । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न १७ औँ नगर सभामा आगामी आर्थिक वर्षको लागि उपमेयर यादवप्रसाद पाठकले एक अर्ब ५४ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
रत्ननगरको बजेट कार्यक्रममा खर्च व्यहोर्ने स्रोत अन्तर्गत सङ्घीय समानीकरण अनुदान १७ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, पूँजिगत २ करोड ८८ लाख रुपैयाँ, विशेष अनुदान ६८ लाख रुपैयाँ, समपूरक अनुदान ५५ लाख रुपैयाँ बाँडफाँटबाट प्राप्त हुने राजश्वबाट १३ करोड ४० लाख रुपैयाँ समावेश गरिएको छ ।
प्रतिक्रिया