ललितपुर महानगरकाे बजेट ७ अर्ब ४७ कराेड रुपैयाँ

ललितपुर महानगरकाे बजेट ७ अर्ब ४७ कराेड रुपैयाँ



ललितपुर । ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँकाे बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाको साताैं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । याे बजेट चालू आर्थिक वर्षकाे भन्दा १ कराेड रुपैयाँले धेरै हाे । महानगरले चालू वर्षका लागि ७ अर्ब ४६ कराेड ८३ लाख रुपैयाँकाे बजेट ल्याएकाे थियाे ।

ललितपुर महानगरले सम्पदा र संस्कृति संरक्षण, हरियाली प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घर स्वच्छ खानेपानी, युवा रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।