इरानबाट उद्धार गरिएका दुई नेपाली नयाँदिल्लीमा

इरानबाट उद्धार गरिएका दुई नेपाली नयाँदिल्लीमा



काठमाडौं । इरानबाट उद्धार गरी ल्याइएको दुई नेपाली भारतको नयाँदिल्ली आइपुगेका छन् । भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याउने क्रममा उनीहरूलाई पनि ल्याएको हो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धारबाट ल्याएको जनाएको छ ।

उनीहरू बुटवलतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ ।