गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक

गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा कुल १४ करोड रुपैयाँभन्दा बढी शेयरमा लगानी रहेको देखिन्छ।

यस्तै, पौडेल दम्पतीको विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २७ लाख रुपैयाँ निक्षेप रहेको उल्लेख छ। सम्पत्ति विवरणमा पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र चितवनको गैँडाकोटमा एकरएक वटा घर र जग्गा रहेको जनाइएको छ।

यसका साथै, श्रीमती शर्माको नाममा एउटा कार पनि रहेको छ। गहनाको सन्दर्भमा, गभर्नर पौडेलसँग झन्डै ४५ तोला सुनका गहना र झन्डै १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेको विवरणमा उल्लेख छ।