बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि एक करोड बढी बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२–८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भेडापालनका लागि –१ करोड १२ लाख रुपियाँ बजेट छुट्टयाएको जानकारी दिए ।
निसीखोलाको भूगोल अधिकांश लेकाली बस्ती हो । पशुपालन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गर्दैआएका छन् ।
गाउँपालिकाले पनि कृषि र पशुपालनको क्षेत्रमा लगानी र कार्यक्रम जोडेको छ । निसीखोलाका अधिकांश किसान निसेल ढोर, बुकी र रुकुमतर्फको लेकमा पशुचरनका लागि पुग्ने गर्छन् ।
‘पशुपालनका लागि निसीखोला उर्वर भएकाले बजेटमा प्राथमिकता दिइएको हो’ उपाध्यक्ष घर्तीले भने ।
भेडापालनलाई व्यवसायलाई व्यवस्थित र नयाँ पुस्तालाई आर्कषित गर्नसके समृद्व निसीखोलाको सपना साकार हुने उहाँको आशा छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख २१ हजारको बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया