अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउनुलाई ठुलो जितको रूपमा व्याख्या गरेका छन् ।
हेगमा नेटो सम्मेलनमा भएको निर्णयलाई राष्ट्रपति ट्रम्पले अमेरिका र पश्चिमी सभ्यताकै लागि ठुलो जितको रूपमा व्याख्या गरेका हुन् । ट्रम्पले लगातार एक महिनादेखि दिएको दबाबका कारण नेटोका नेता सन् २०४६ देखि लागु हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सदस्य राष्ट्रले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा रुस र आतङ्ककारीबाट बढ्दो चुनौतीका बीचमा गहिरो सुरक्षा संयन्त्रका लागि खर्च बढाउनु आवश्यक रहेको बताइएको छ । नेटोका एक सदस्य राष्ट्रलाई कसैले आक्रमण गरे संयुक्त प्रतिकार गर्ने विषयलाई निरन्तरता दिइने सहमति पनि बैठकमा भएको छ ।
यसैबीच ट्रम्पले इरानले पछिल्लो युद्ध साहसपूर्वक लडेको प्रतिक्रिया दिएका छन् । नेटोको बैठकपछि पत्रकारको प्रश्नमा उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताए । इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी समेत ट्रम्पको छ ।


प्रतिक्रिया