कृषिमन्त्री : मल अभाव चाहे जो मन्त्री आए पनि रहन्छ

कृषिमन्त्री : मल अभाव चाहे जो मन्त्री आए पनि रहन्छ



काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मलको हाहाकार सधैं भइरहने अवस्था रहेको बताएका छन्। नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले किसानको माग अनुसार मल उपलब्ध गराउन हालको स्थितिमा सम्भव नदेखिएको स्पष्ट पारे।

उनका अनुसार, “मलको हाहाकार छ भनेर भनिन्छ, र त्यो सधैं हुने कुरा हो। चाहे जो मन्त्री भए पनि, मलको अभाव रहन्छ उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि जम्मा साढे ४ लाख टन जति मात्र मल आयात हुन सकेको बताए।

तर बजारमा ११ देखि १३ लाख टनसम्मको मलको माग रहेको उल्लेख गर्दै उनले भने, ‘एक चौथाइ आपूर्तिमा मात्रै हामी किसानलाई समयमै मल पुर्‍याउन सक्छौं भन्ने कुरा असम्भवजस्तै छ’।

कार्यक्रममा बोल्दै उनले मन्त्री भएपनि आफूले धेरै गर्न सक्छु भन्ने लागेको भए पनि देशको आर्थिक सीमितताका कारण योजना कार्यान्वयनमा कठिनाइ भएको स्वीकारे।