काठमाडौँ । धरानका प्रमुख राजनीतिक दलहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै धरानस्थित बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न आग्रह गरेका छन्।
उक्त ज्ञापनपत्र नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा बुझाएका हुन्।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले स्मरण गरे, “सुदुर पश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।’
उनले पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभावप्रति चिन्ता व्यक्त गर्दै भने, ‘अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्नेू आवश्यकता छ।
साथै उनले उपस्थित प्रतिनिधिहरूको पहलको प्रशंसा गर्दै थपे, ‘तपाईंहरू समाधानको विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ ।’
प्रतिक्रिया