काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना र न्याय परिषद्को एक सदस्यविरुद्ध ७ वटा उजुरी दर्ता भएका छन्।
समितिमा दर्ता भएका उजुरीमध्ये ५ वटा व्यक्तिगत नाम लक्षित छन् भने २ वटा समावेशीता नपुगेको भन्दै दर्ता गरिएका छन्।
प्रस्तावित न्यायाधीशमध्ये मेघराज पोखरेल र श्रीकान्त पौडेल विरुद्ध २–२ वटा उजुरी, र शान्तिसिंह थापा विरुद्ध १ वटा उजुरी परेको हो। न्याय परिषद्को सदस्यका लागि सिफारिस भएका महेशकुमार नेपाल विरुद्ध भने कुनै उजुरी परेको छैन।
बिहीबार सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकमा सदस्यहरूलाई उजुरी वितरण गरिएको थियो। समितिका सभापति ईश्वरी देवी न्यौपानेका अनुसार उजुरीमा उठाइएको विषयमा शुक्रबार उजुरीकर्ताहरूलाई छलफलका लागि बोलाइएको छ।
प्रतिक्रिया