प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, स्पेन भ्रमणअघि छलफल

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, स्पेन भ्रमणअघि छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रधानमन्त्री ओली आगामी शनिबार युरोपेली देश स्पेनको औपचारिक भ्रमणमा जान लागेका छन्। त्यसअघि उनले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन ओली त्यसतर्फ जाँदैछन्।

भ्रमणका क्रममा उनले स्पेनका प्रधानमन्त्रीसँग करिब ३० मिनेटको भेटवार्ता गर्ने कार्यतालिका समेत तय भएको छ।