एसईई नतिजा प्रकाशनबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक सुरु

एसईई नतिजा प्रकाशनबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक सुरु



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा कहिले प्रकाशित गर्ने भन्ने विषयमा निर्णय गर्न बोर्ड बैठक डाकिएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिक समस्या नदेखिएमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए। यद्यपि, अन्तिम तयारी पुरा नभए भोलिसम्म सारिने सम्भावना पनि रहेको बताइएको छ।

बोर्ड स्रोतका अनुसार नतिजा आजै आउन सक्ने र नआउने दुबै संभावना ५०–५० रहेको छ। त्यसैले निर्णय अन्तिमरूप दिन आजको बैठकमा छलफल भइरहेको जनाइएको छ।

एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा बोर्डका अनुसार, यसपटक नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए भने ग्रेड वृद्धि परीक्षामा ६७ हजार ७१५ जना सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।