प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने आर्थिक विधेयक, २०८२, र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ ।