विद्या भण्डारीको नाममा गुट खडा गर्न खोजियो भन्दै महासचिव पोखरेल आक्रोसित

विद्या भण्डारीको नाममा गुट खडा गर्न खोजियो भन्दै महासचिव पोखरेल आक्रोसित


ग्लोब नेपाल
3.9k
Shares

पोखर । एमाले महासचिव शंकर पोखरेलले विद्या भण्डारीको नाम जोडेर एमालेमा गुटबन्दीको राजनीति गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरेलले यो वा त्यो नाममा गुट खडा गर्ने कुरा एमालेको हितमा नरहेको बताए ।

विगतमा आफू र विष्णु पौडेलको नाममा गुटबन्दीको प्रयास भएकामा अहिले भण्डारीको नाममा त्यस्तो गतिविधि अघि बढेको उनको भनाइ थियो ।

‘विगतमा पत्रपत्रिका, सामाजिक सञ्जालमा विष्णु पौडेल कि शंकर पोखरेल भनेर कित्ताकाट गर्ने प्रयत्न भएको थियो । आज विष्णु पौडेल कि शंकर पोखरेल भन्ने कित्ताकाटको आवश्यकता हरायो । फेरि त्यो खेतीपाती अर्कोतिर सुरू भएको छ’, पोखरेलले भने, ‘विद्या भण्डारीको नाममा गुटबन्दीको स्वरूपमा ढाल्न धार खडा गर्ने प्रवृत्ति विकास भएको छ ।’

एमालेलाई कमजोर पार्न गुट खडा गर्न खोजिएको पोखरेलले बताए ।

पोखरेलले पूर्वराष्ट्रपति भण्डारी एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जालिन् भन्ने आफूले नठानेको भन्दै पोखरेलले भने, ‘तर, सामाजिक सञ्जालमा, मिडियामा अनेक खालका प्रवृत्ति देखा परिराखेका छन् ।’