अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजुबाट पक्राउ

अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजुबाट पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् ।

बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।

उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।