काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक रोकेर राजनीतिक स्वार्थको खेल नखेल्न चेतावनी दिएकी छन्।
समितिको छलफलमा बोल्दै उनले विधेयक संसदमा प्रस्तुत हुन नदिन खोजिएको र त्यसको दोष समितिमाथि थोपार्ने प्रयास भइरहेको आरोप लगाइन्।
सहमति भएपछि समितिबाट विधेयक पारित गरी प्रतिनिधि सभामा लैजाने तयारी भएको बताइएको थियो।
तर, समितिमा नै विधेयक रोक्न खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षक समुदायलाई राजनीतिक स्वार्थ र भोट बैंकको रूपमा प्रयोग गर्न खोजिएको टिप्पणी गरिन्। उनले कानुन बनाउने जिम्मा सांसदको भएको भन्दै केही स्वार्थ समूहहरु सक्रिय रहेको संकेत दिइन्।
उनले भनिन्, सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन ।’ शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क छ ।
‘इसीडी कर्मचारीको कुरा महासंघले छोडेको छ, कसको लागि काम गरिरहेको छ ? कार्य सम्पन्न मुल्लाकंन ९० प्रतिशत राखेको छ, निजामतीको ९५ प्रतिशत छ’ उनल भनिन्, ‘सहमति भइसकेको यो विषयमा उल्टाउदै जाने हो भने, जे सहमति भएको छ त्यो फुल हाउसमा लैजाउ । ’


प्रतिक्रिया