काठमाडौं । नेपाल बायुसेवा निगम साउदी अरेबियास्थित दमाम स्टेसनले निगमको ६७ औ बार्सिकोत्सब कार्यक्रमको आयोजना गरेको छ । साउदी अरेबियास्थित नेपाली राजदुत डा. नरेशबिक्रम ढकालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता निगमको कन्टृ मेनेजर अन्जु शर्मा मरासिनीले गरेकी थिइन ।

५० भन्दा बढी ट्राभलको उपस्थितिमा सम्पन्न कार्यक्रममा निगमको उडान र उपस्थिति अझ बढी सशक्त हुनुपर्ने राजदत ढकालले बताए । शुभकामना आदानप्रदान प्रदान गर्दै बिभिन्न ट्राभेलहरुले करिब ५ लाख कामदार रहेको साउदी अरेबियामा फ्लाइट अझै थपी मध्यपुर्बमा निगमको भुमिका अझ सशक्त र प्रभाबकारी बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा लक्की ड्र समेत गराइएको थियो भने एक थान टिकट गोला प्रथाबाट थुती टाइम्स ट्राभलका सेल्स मेनेजर जलन दाहालले जितेका थिए । कार्यक्रमको स्वागत निगमको स्टेशन मेनेजर अर्बिन्द कामतिले गरेका थिए भने सहजीकरण फाइनान्स मेनेजर सुबास मरासिनीले गरेका थिए ।
प्रतिक्रिया