टेरामक्स प्रकरणमा गगन थापाले मलाई टार्गेट गरे : मोहन बस्नेत

टेरामक्स प्रकरणमा गगन थापाले मलाई टार्गेट गरे : मोहन बस्नेत



काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै आफूलाई महामन्त्री गगन थापाले फसाएको आरोप लगाएका छन्। बस्नेतले आफ्नो फसाइमा थापा नै मुख्य जिम्मेवार रहेको दाबी गरेका हुन्।

उनले भने–‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो । तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।’

ढिलोछिटो पालो सबैको आउँछ भन्दै उनले भने मविरुद्ध लाग्ने तपाईं हैन रु ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।’

सिन्धुपाल्चोकमा एक्लै लडेर संगठन बनाएको व्यक्तिमाथि पार्टीकै नेतृत्व खनिन मिल्छ भन्दै प्रश्न गर्दै उनले भने–‘तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन। तर मलाई धेरथोर बदनाम बनाउने काम भयो।’थुनछेक सम्बन्धी बहसपछि अदालतले आइतबार उनलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

बस्नेत संचारमन्त्री रहेका बेला नेपाल दूरसंचार प्राधिकरणमार्फत टेरामक्स उपकरण खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जेठ २०८२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।