काठमाडौं । रवि लामिछाने सहकारी काण्ड र डिपी अर्याल म्यानपावर काण्डमा मुछिएपछि स्वर्णिम वाग्लेले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति बन्ने उद्घोष गरेका छन् । वाग्लेले भने– ‘म आफै रास्वपाको नेतृत्वमा गर्नसक्ने हैसियत बनाएको छु । जननिर्वाचित सांसद नै बनिसकेपछि अब नेतृत्व लिनलाई लाज मान्नुपर्ने अवस्था रहेन ।’
रवि लामिछाने लामो समय जेल बस्नुपर्ने भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद (डिपी) अर्यालले पाएका छन् । कार्यवाहक सभापतिसमेत म्यानपावर काण्डमा मुछिएर विवादस्पद बनेपछि पार्टीमा नयाँ क्लिन नेतृत्वको खाेजी भइरहेको बताइएको छ ।
वाग्ले अहिले पार्टीमा उपसभापति छन् भने नीति तथा विचार विभाग प्रमुख हुन् । हालको बजेट अधिवेशनमा पनि उनकै नेतृत्वमा रास्वपा संसदमा प्रस्तुत भएको थियो ।
वाग्लेलाई रास्वपाभित्रका पूर्वकांग्रेसले साथ दिने देखिन्छ । हिजोसँगै काम गरेर आएका शिशिर खनाल, मनिष झा, अरनिको पाण्डेहरु वाग्लेको पक्षमा स्पष्ट छन् भने कार्यवाहक अर्यालसँग असन्तुष्ट विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सन्तोष परियारहरु पनि वाग्लेको खेमामा आइपुगेको अनुमान छ ।
प्रतिक्रिया