काठमाडौं । माउन्टेन हेलिकोप्टर प्रा.लि.ले चीनको बाटो हुँदै हेलिकोप्टर भित्र्याएको छ । उक्त हेलिकोप्टर कन्टेन्टरमा लोड गरेर ल्याइएको हो । चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म कन्टेनरमा ल्याइएको हो ।
फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकोप्टर चीनको बाटो हुँदै ल्याइएको हो । तातोपानी नाकासम्म कन्टेनरमा ल्याइएको हेलिकोप्टर त्यहाँबाट भने फिट गरेर उडाएर काठमाडौं ल्याउने तयारी कम्पनीको छ ।
चीनको बाटो हुँदै ल्याउँदा छिटो आइपुग्ने भएकाले त्यही बाटो भएर ल्याइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया