राप्रपाले रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

राप्रपाले रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–३ क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले असार महिनाको अन्तिमसम्ममा उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिने निर्णय गरेको हो।

जिल्लाबाट नामावली आएपछि पार्टी भित्र पुनः छलफल गरी अन्तिम निर्णय गरिने जनाइएको छ।

त्यसैगरी उपनिर्वाचनलाई सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको पार्टी स्रोतले जनाएको छ।