काठमाडौँ । युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले असार १६ गते इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गत पाठकविरुद्ध मुद्दा दायर गरेको थियो। उनले ‘हिल्टन होटल’ सम्बन्धी भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडेको विषयमा उजुरी परेको थियो।
प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि उच्च अदालतको असार ५ गतेको आदेशपछि उनलाई पक्राउ नगरिएको थियो। त्यसैले पक्राउ नगरीकनै उनीविरुद्ध मुद्दा अघि बढाइएको हो।
यस प्रकरणमा अदालतमा बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।


प्रतिक्रिया