प्रसिद्ध हलिउड अभिनेता माइकल म्याडसेनको निधन

प्रसिद्ध हलिउड अभिनेता माइकल म्याडसेनको निधन



काठमाडौं । प्रसिद्ध अमेरिकी अभिनेता माइकल म्याडसेनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी बिहीबार लस एन्जलसस्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए ।

प्रारम्भिक रिर्पोट अनुसार हृदयघातका कारण उनको मृत्युको भएको बताइएको छ । प्रहरीका अनुसार घटनामा कुनै आपराधिक संलग्नता देखिएको छैन ।

म्याडसेनले ‘रीसर्भियर डग्स’, कील बील’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका थिए । उनले करिब ३०० वटा फिल्महरूमा काम गरेका छन् ।