हाम्रो पार्टी हिम्मतवानहरूको हो, डराउनेहरूका लागि होइन : माधव नेपाल

हाम्रो पार्टी हिम्मतवानहरूको हो, डराउनेहरूका लागि होइन : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई हिम्मतवानहरूको पार्टी बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले डराउने वा हिम्मत नहुनेहरूको राजनीति र पार्टीमा खासै योगदान नहुने उल्लेख गरे।

उनले भने, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्, सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन ।’

उनले पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने बताए ।उनले भने, ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ, त्यसलाई साथ दिनेहरू कोको छन् पत्ता लगाउनुपर्छ। हाम्रो पार्टी क्रान्तिकारी हो, विद्रोहबाट आएको पार्टी हो ।’