अब नयाँ नियुक्त कर्मचारीलाई पेन्सन होइन, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने

अब नयाँ नियुक्त कर्मचारीलाई पेन्सन होइन, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने



काठमाण्डौँ । आर्थिक वर्ष २०८२/८३ देखि सरकारी सेवा प्रवेश गर्ने नयाँ कर्मचारीहरूलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू हुने भएको छ। यसअघि जागिर सुरु गरेका कर्मचारीहरू भने पुरानै सुविधा (पेन्सन तथा उपदान) अनुसार लाभान्वित भइरहनेछन्।

अर्थ मन्त्रालयले सबै मन्त्रालय, निकाय, बोर्ड र सार्वजनिक संस्थानहरूलाई पत्र पठाउँदै यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।