काठमाडौँ । सुनसरीको मुरा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ। शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेका इटहरी उपमहानगरपालिका–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियारको ज्यान गएको हो।
घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी दुवै जनालाई उपचारका लागि अस्पताल पुर्याएको थियो। तर, अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया