काठमाडौँ । भारत र बङ्गलादेशबीच आगामी महिनामा तय भएको एकदिवसीय तथा टी–२० क्रिकेट शृङ्खला हाललाई स्थगित गरिएको छ। अब यो शृङ्खला सन् २०२६ सम्मका लागि सारिएको छ।
अघिल्लो योजना अनुसार अगस्ट १७ बाट ढाकामा तीन एकदिवसीय र तीन टी–२० खेल हुने तय गरिएको थियो। तर हालको राजनीतिक परिस्थितिका कारण खेल तालिका पर सार्न दुवै देशका क्रिकेट बोर्डहरूले सहमति जनाएका छन्।
बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा शृङ्खला सारिएको पुष्टि गरिएको हो।
प्रतिक्रिया