काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले हालको सत्ता गठबन्धन भंग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको बताएका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसको नेतृत्व गरिरहेको दाबी गरे।
वर्तमान सत्ता गठबन्धन तोड्न प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनको भनाई थियो ।
उनले देशमा हालको सत्ता गठबन्धनको विकल्प नभएको बताए पनि गठबन्धनकै केही घटकहरूमा असन्तुष्टि रहेको टिप्पणी गरे।
प्रतिक्रिया