काठमाडौँ । नेकपा एमालेकी सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूले भनेअनुसार नै शिक्षा विधेयक ल्याउनुपर्छ भन्ने अपेक्षा उचित नहुने टिप्पणी गरेकी छन्।
आइतबार बसेको संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उनले शिक्षकमाथि सम्मान हुनु जरुरी भए पनि विधेयक बनाउँदा सबै पक्षको सन्तुलन मिलाउनुपर्ने धारणा राखिन्। उनले भनिन ‘जुन आज विद्यालय शिक्षा पारित हुने आशा गरिएको छ त्यसमा तुषारापात नगरौं । हामीले खोजेको के हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ र विधेयकले बोल्नुपर्छ तर शिक्षकले भनेको जस्तै हुनुपर्छ भन्ने छैन।’
त्यस्तै, उनले बढुवामा जाने प्रणालीमा अपारदर्शिता भएको उल्लेख गर्दै त्यस्ता विषयलाई सम्बोधन गर्नुपर्ने बताइन् ।
‘मेरो ९ महिनाको अनुभव छ । बढुवामा हुने जुन एउटा अपारदर्शिता छ, यसलाई यसै विधेयकबाट सुधार गर्नुपर्छ । पहुचवालाले धेरै सुविधा पाउने र पहुँच नहुने बञ्चित भइरहेका छन्’, उनले भनिन् ।
प्रतिक्रिया