दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल उपविजेता

दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल उपविजेता



काठमाडौँ । श्रीलङ्काको कोलम्बोमा सम्पन्न नवौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा नेपाल टिम उपविजेता बनेको छ। नेपालले कुल २१ स्वर्ण, ९ रजत र २० कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको हो। नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाका अनुसार नेपालको यो प्रदर्शन सशक्त रहेको छ।

महिलातर्फ ६८ केजीमाथि तौल समूहमा ‘हिमालयन वारियर्स’ उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, र ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत तथा टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए। पुरुषतर्फ प्रदीप बैजाली मगरले २१ वर्षमुनि तथा सिनियर व्यक्तिगत कुमुतेमा १/१ स्वर्ण जिते, साथै टिम कुमुतेमा रजत थपे।

यसअघि सातौं संस्करण (नेपाल) र आठौं संस्करण (भूटान) मा नेपाल टिम विजेता बनेको थियो।

यस संस्करणमा भारत २३ स्वर्ण, २४ रजत र १२ कांस्यसहित शीर्ष स्थानमा रह्यो। तेस्रो स्थानमा श्रीलङ्का, चौथोमा बंगलादेश, पाँचौंमा पाकिस्तान र छैटौं स्थानमा भूटान रह्यो। कुल ६ देश सहभागी यस प्रतियोगितामा उच्च प्रतिस्पर्धा देखिएको थियो।