काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन गर्नु अघि त्यसको कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले संविधानको हालसम्मको कार्यान्वयन कस्तो रह्यो भन्ने मूल्याङ्कनपछि मात्र संशोधनको प्रक्रिया अघि बढाइनु उपयुक्त हुने धारणा व्यक्त गरे।
उनले भने–‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको विचार पार्टीले गर्नुपर्छ ।’संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन ? भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ ।
राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’
प्रतिक्रिया