काठमाडौं । नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारीको थुनछेक बहस हुदैँछ । नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिएको थियो ।
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएको थियो ।
आज हुने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउने जनाइएको छ ।
अन्सारीविरुद्ध स्रोत खुल्न नसकेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया