बाढीको क्षति अवलोकन गर्न गृहमन्त्री र अर्थमन्त्रीलाई लिएर प्रधानमन्त्री रसुवा जाँदै

बाढीको क्षति अवलोकन गर्न गृहमन्त्री र अर्थमन्त्रीलाई लिएर प्रधानमन्त्री रसुवा जाँदै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलले मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले क्षतिग्रस्त पारेको रसुवा जिल्लाको अवस्था अवलोकन गर्ने भएका छन्।

साथै , सुरक्षा निकायका प्रमुखहरू – प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख दीपक थापा र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि बाढीप्रभावित क्षेत्रमा जान लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरू बालुवाटारबाट हेलिकप्टरमा क्षतिग्रस्त क्षेत्र जाँदैछन्। प्रधानमन्त्री ओली एक हेलिकप्टरबाट यात्रा गर्नेछन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकप्टरबाट जानेछन्।