काठमाडौँ । अमेरिका पठाइदिने लोभ देखाएर एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ का ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ का ५४ वर्षीय स्वर्णिमकुमार बाँठा रहेका छन्। शेर्पा हाल काठमाडौं महानगरपालिका–६ मा बसोबास गर्दै आएका छन् भने बाँठा दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा बस्दै आएका थिए।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, शेर्पाले अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट ४० लाख रुपैयाँ र बाँठाले अर्को व्यक्तिबाट ६९ लाख ५० हजार रुपैयाँ ठगेका हुन्।
दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले यो जानकारी दिएका हुन्।


प्रतिक्रिया